Logo
Logo

चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिए



एजेन्सी । संयुक्त राष्ट्रसंघले चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिएका बताएको छ । चार जना बालबालिकासहित आप्रवासीका २७ शव फेला परेका आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले जनाएको हो ।

आप्रवासीहरू पश्चिम–मध्य चाडको मौसोरो सहरबाट करिब डेढ वर्षअघि पिकअप ट्रकमा निस्केका र ट्रक बिग्रिएर उनीहरूको भोकप्यासले ज्यान गएको उक्त संगठनको अनुमान छ । उक्त घटनाबाट संगठनले मर्माहत भएको बताउँदै मृतकका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

चाडमा संगठनका चाड प्रमुख एनी क्याथ्रिन शेफरले यस्ता अकल्पनीय मृत्यु रोक्न सुदृढ सामूहिक काम अपरिहार्य भएको बताएका छन् । बितेका आठ वर्षमा सहारा मरुभूमि पार गर्ने प्रयासमा पाँच हजार छ सयभन्दा बढीको मृत्यु भएको वा बेपत्ता अभिलेखबाट संगठन थप चिन्तित भएको उनले बताए । यो वर्ष करिब एक सय ५० आप्रवासीको मरुभूमिमा मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्