Logo
Logo

कस्तो छ आजको मौसम पुर्वानुमान ?


441
Shares

काठमाडौं । हाल देशमा मौसमी प्रणाली उल्लेखनीय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर चिसो बढेको छ । आज बिहान तराईका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै देशको पहाडी भू-भागमा आंशिक बदलीको भइरहेको छ।

आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। राती लुम्बिनी प्रदेशका साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतः सफा रहनेछ।

तराईका केही भू(भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज काठमाडौं उपत्यकाको तापक्रम ५ दशमलव ७ डीग्री रहेको छ भने सबै भन्दा चिसो ठाउँ जुम्लाको तापक्रम माइनस ५ डिग्री रहेको छ ।

प्रतिक्रिया दिनुहोस्