Logo
Logo

आदिवासी जनजाति चलचित्र महासंघको पाँचौं महाधिवेशन काठमाडौंमा हुँदै



काठमाडौं । आदिवासी जनजाति चलचित्रकर्मीहरूको नेतृत्व संस्था ‘आदिवासी जनजाति चलचित्र महासंघ’को पाँचौं महाधिवेशन पुष २ गते काठमाडौंमा हुँदैछ ।

काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

महासंघमा हाल १५ वटा जातिय चलचित्रकर्मीहरूको संघहरू आवद्ध छन् । महाधिवेशनमा हरेक संघबाट दुई जना प्रतिनिधि र दुई जना पर्यवेक्षक सहभागी हुने छन् । त्यसैगरी, ७ वटा प्रदेश समितिहरूबाट पनि २–२ जना पर्यवेक्षक सहभागी हुने महासचिव पुर्खाजित राईले जानकारी दिए ।

महाविधेशनले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, २ सचिव, १ कोषाध्यक्ष र १ सह–कोषाध्यक्ष गरी ९ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ । महासंघको संरचनानुसार महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित ‘संघीय परिषद सचिवालय’ रहनेछ ।

त्यसैगरी, महासंघमा आवद्ध १५ वटा संघहरूले सिफारिस गर्ने एक महिला र एक पुरुष गरी जम्मा ३० जना संघीय परिषद सदस्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्