Logo
Logo

रोनाल्डोलाई बेन्चमा राख्ने प्रशिक्षक सान्तोषले दिए राजीनामा


5.2k
Shares

हकाठमाडौं । कतारमा जारी विश्वकप अन्तरगतका दुई खेलमा फुटबल स्टार क्रिस्टियानाे रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले राजीनामा दिएका छन् ।

मोरक्कोसँग क्वार्टरफाइनलमा पराजित हुँदै कतार विश्वकपबाट बाहिरिएपछि सान्तोषले राजिनामा दिएका हुन् । उनको उत्तराधिकारीको रुपमा विवादास्पद बन्दै आएका जोसे माउरिन्होलाई सम्भावित प्रशिक्षक मानिएको छ ।

पोर्चुगिज फुटबल फेडेरेसनले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै ६८ वर्षीय प्रशिक्षकको यात्रा सकिएको बताएको छ । उनी सन् २०१४ सेप्टेम्बरमा टोली सम्हाल्न आएका थिए ।

सन् २०२४ युरोको लागि संघले माउरिन्होलाई एक नम्बरमा राखेको छ । अहिले माउरिन्हो सिरी ए क्लब रोमामा आवद्ध छन् । यद्यपि, उनलाई युरोपका ठूला क्लबहरु पोर्टो, चेल्सी, इन्टर मिलान, रियल मड्रिड र म्यानचेस्टर युनाइटेडले लक्ष्यमा राखेका छन् ।

यस अघि दुई खेलमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोष निकै आलोचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्