Logo
Logo

नेपाल र भारतको संयुक्त सैनिक अभ्यास सुरु


378
Shares

बुटवल । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैनिक अभ्यास सुरु भएको छ । रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको संयुक्त सैनिक अभ्यासको मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी यामप्रसाद ढकालले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

‘सूर्यकिरण’ नाम दिइएको उक्त अभ्यास १४ पुससम्म चल्नेछ । विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरिएको यो नेपाली सेना र भारतीय सेनाबीचको १६औँ संस्करणको अभ्यास हो ।

अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी छन् ।

नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास गर्दै आएको हो  । नेपालले उत्तरी छिमेकी चीनको जनमुक्ति सेनासँग सन् २०१७ देखि नेपाल–चीन ‘सगरमाथा मैत्रीपूर्ण’ संयुक्त सैनिक अभ्यास गर्न थालेको छ, जसको दोस्रो संस्करण सन् २०१८ मा चीनको छेन्दुमा भएपछि तेस्रो संस्करण कोरोनाका कारण रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्