Logo
Logo

स्थानीय जनप्रतिनिधि भन्छन्- शिक्षामा दिगो विकास लक्ष्य हासिल गर्न कठिन


315
Shares

काठमाडौं । संघीय सरकारले आवश्यक बजेटको व्यवस्था नगरेकाले शिक्षामा दिगो विकास लक्ष्य हासिल हुनेगरी काम गर्न कठिनन भइरहेको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।

शुक्रबार शिक्षा पत्रकार संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्थानीय तहका जनप्रतिनिधिले यस्तो बताएका हुन् । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका कोषाध्यक्ष उमेश भट्टले राज्यले आवश्यक बजेटको व्यवस्था गर्न नसक्दा दिगो विकास लक्ष्य हासिल हुनेगरी शिक्षा क्षेत्रको विकासमा नभएको बताए ।

‘दीगो विकास लक्ष्यः कार्यान्वयनको स्थिति, चुनौती र अवसर’ नामक विषयक कार्यशाला गोष्ठीमा बोल्दै पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने बजेटको अभावमा स्थानीय तहले शिक्षालाई गुणस्तरीय बनाउने गरी त्यसको पूर्वाधार विकासमा समेत काम गर्न सक्ने अवस्था नरहेको बताए ।

संघीय सरकारले शिक्षा क्षेत्रमा बजेट नै कम हस्तान्तरण गरेकाले स्थानीय तहले त्यस क्षेत्रमा लगानी बढाउन सक्ने अवस्था नरहेको उनले स्पष्ट पारे । यस्तै, गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका कोषाध्यक्ष भट्टले स्थानीय तहले बजेटको कमी नहोस् भनेर शिक्षामा २० प्रतिशत बजेट विनियोजन गरेको तर त्यो पर्याप्त नभएकाले त्यसमा संघीय सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले भने विद्यमान योजनाहरुको प्रभावकारी कार्यान्वयन गरे शिक्षा क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्न कुनै कठिनाई नभएको दावी गरे ।

उपसचिव अर्यालले हाल शिक्षामा लगानी गरिएको बजेटको ठूलो हिस्सा शिक्षक, कर्मचारीहरुको तलबमा खर्च हुने भएकाले विद्यालयहरुमा थप कार्यक्रम संचालन गर्न सक्ने अवस्था नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्