Logo
Logo

गीत विवादित बनेपछि कमला घिमिरेले मागे माफी



काठमाडौं । बालगायिका कमला घिमिरेले आफ्नो लाइभ दोहोरी गीत विवादास्पद बनेपछि माफी मागेका छन् । सुमन परियारसँग मिलेर गाएको उक्त गीतप्रति अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

कमलाले आफूले गाएको गीत कुनै योजना बनाएर स्कृप्ट तयार पारेर कसैको जीवन बर्बाद पार्ने गरी नभएको बताएका छन् । जबर्जस्ती करणीबारेका हालैका दुई घटनालाई व्यंग्य गर्दै गाइएको उक्त गीतले पीडितलाई थप पीडा थप्ने किसिमले ‘कम्पोज’ भएको आरोप लागेको छ ।

उनले लेखेका छन्, ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन । यसबाट पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु । सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला । आइन्दा यस्तो गल्ती हुनेछैन । अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु । सधैं हजुरहरुकै प्रिय बन्न पाऊँ, गीत(संगीतमै रम्न पाऊँ, कहींकतै बिराएछु भने सल्लाह सुझाव दिंदै गर्नु है ।’

प्रतिक्रिया दिनुहोस्