Logo
Logo

पहिरोले क्याम्प पुरिँदा बिदा मनाउन गएका २१ जनाको मृत्यु



क्वालालम्पुर । मलेसियाको सेलान्गोर राज्यमा बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने केही हराइरहेका छन् ।

बाटाङ काली बस्तीमा रहेको फार्म स्टेमा पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो । पहिरो जाँदा उनीहरु पालमा सुतिरहेका थिए । सयौं उद्धारकर्ताहरूले शुक्रबार बाँचेकाहरूको खोजी गर्न माटो पन्छाएका थिए ।

फार्मका प्रबन्धकहरूले कम्तिमा ३० बालबालिका र ५१ वयस्कले रातभर बस्नका लागि नाम दर्ता गराएको बताए । १४ जना हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । खोजी तथा उद्धार कार्यमा ७०० अधिकारीहरु परिचालन गरिएको छ ।

मृत्यु हुनेमध्ये चार जना बालबालिका रहेका बताइएको छ । उक्त स्थानमा २० जना प्राथमिक विद्यालयका शिक्षक र उनीहरुका सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्