Logo
Logo

राष्ट्रपतिमाथि महाअभियोग लगाएपछि पेरुमा हिंसा चर्कियो



लिमा । पेरुमा निवर्तमान राष्ट्रपति पेड्रो कास्टिलामाथि महाभियोग लगाएसँगै हिंसा चर्किएको छ । हिंसात्मक प्रदर्शन भइरहेका बेला दुई सरकारी मन्त्रीले आफ्नो पद त्यागेका छन् ।

सुरक्षाकर्मी र पेड्रो कास्टिलोका समर्थकहरूबीच भएको झडपमा बिहीबार थप आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यो सँगै जारी हिंसामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

यसैबीच, प्रदर्शनकारीहरूले विमानस्थल बन्द गर्न बाध्य पारेपछि हजारौं पर्यटक कस्को शहरमा फसेका छन् । संसदले क्यास्टिलोलाई पदबाट हटाएपछि प्रदर्शन सुरु भएको हो।

पेरु वर्षौंको राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ । पछिल्लो संकट डिसेम्बर ७ देखियो, जतिबेला पूर्वराष्ट्रपतिले कांग्रेस विघटन गरेर र संकटकाल लगाउने तयारी गरे । तर, कास्टिलोको योजना बिफल भयो र संसदले उनलाई महाभियोग लगाउने पक्षमा मतदान गर्यो।

प्रतिक्रिया दिनुहोस्