काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो रेलको विकल्प नरहेको बताएका छन् ।
ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसका अवसरमा शनिबार उनले अब पनि मोटरसाइकलको बिक्री बढाएर उपत्यकामा ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प छैन । आज निर्णय गर्नसक्यौं भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ । मेट्रो ज्यादै महँगो छ रे भन्ने सुन्ने गरेको छु । सस्तो के छ त ?’
उनले अबको १५ वर्षपछि काठमाडौं उपत्यकामा ६० जनसंख्या लाख पुग्ने दावी गरे । मेट्रो रेलको विकल्प मोेटरसाइकल किमार्थ हुन नसक्ने भन्दै उनले महँगो भयो भनेर मेट्रोको योजना नबनाउनु उचित नहुने बताए ।














