Logo
Logo

गोकुल बास्कोटालाई जिताएको आरोपमा कांग्रेसका तीन नेता कारबाहीमा




काठमाडौं । हालै सम्पन्न आम निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी एमालेका उम्मेदवारलाई जिताएको आरोपमा काभ्रे कांग्रेसका नेताहरुमाथि कारबाहीको सिफारिस भएको छ ।

जिल्ला कार्यसमितिको शनिबारको बैठकले केन्द्रीय सदस्यद्वय मधु आचार्य, गणेश लामा, क्षेत्रीय सभापति महेश खरेलमाथि पार्टीको कुनै पनि जिम्मेवारीमा नरहनेगरी कारबाहीको सिफारिस गरेकाे हो । उनीहरुले अन्तर्घात गरेको यथेष्ट प्रमाण भएकाले कारबाही सिफारिस भएको निर्णयमा उल्लेख छ ।


त्यस्तै, प्रदेश सांसदमा निर्वाचित कञ्चनचन्द्र बादे र बनेपा नगर समितिसँग स्पष्टिकरण माग्ने निर्णय भएको जिल्ला सभापति तिर्थ लामाद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । काभ्रेको क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार शिव हुमागाई पराजित भएका थिए ।

पार्टीकै नेताहरुको असहयोगमा हुमागाई हारेको बताइएको छ । प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी हुँदा संघमा भने एमालेका गोकुल बाँस्कोटा विजयी भएका थिए । बनेपा र पाँचखालबाट हुमागाईले थोरै मत ल्याएपछि त्यहाँ अन्र्तघात भएको हो ।


काभ्रे कांग्रेसमा लामो समयदेखि गुटबन्दी चल्दै आएको छ । खासगरी शिव हुमागाई र मधु आचार्य पक्षबीच यस्तो विवाद छ । हुमागाई शेरबहादुर देउवा निकट हुन् भने आचार्य रामचन्द्र पौडेल निकट । टिकटका लागि पनि उनीहरुबीच प्रतिस्पर्धा थियो ।
अर्काेतर्फ क्षेत्र नम्बर १(२) मा आफ्नो टिकट तिर्थ लामाले खोसेपछि गणेश लामाले पनि असहयोग गरेको आरोप लागेको छ । यद्यपी त्यहाँ तिर्थले तीन मतले विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्