
काठमाडौं । हाल देशभर चिसो बढेको छ । आज बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू-भागमा हुस्सुरकुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
पहाडी भू-भाग हिमपातको तथा तराईमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू(भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध छ ।
आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ७ दशमलव ७ डिग्री सेल्सियस रहेको । त्यसैगरी नेपालको सबैभन्दा बढि चिसो हुने जुम्लाको न्युनतम तापक्रम माइनस ४ दशमलव १ डिग्री सेल्सियस रहेको छ ।














