Logo
Logo

इरानी अभिनेत्री अलिदुस्ती पक्राउ



एजेन्सी । इरानमा अभिनेत्री तरानेह अलिदुस्ती पक्राउ परेकी छन् । हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको तीन महिना लामो विरोध आन्दोलनलाई समर्थन गरेपछि प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो ।

३८ वर्षीय तरानेह अलिदुस्तीलाई ‘झूटा र विकृत सामग्री प्रकाशित गरेको र अराजकता भड्काएको आरोपमा गिरफ्तार गरिएको थियो’, तस्निम समाचार एजेन्सीले जनाएको छ । उनी सन् २०१६ को ओस्कार–विजेता फिल्म ‘द सेल्सम्यान’ मा उनको भूमिकाको लागि सबैभन्दा बढी परिचित छिन् ।

अलिदुस्तीको सबैभन्दा भर्खरको सामाजिक सञ्जाल पोष्ट डिसेम्बर ८ मा भएको थियो, सोही दिन २३ वर्षीय मोहसेन शेकरीलाई मृत्युदण्ड दिइएको थियो । इरानको हिजाबविरोधी पछिल्लो प्रदर्शनमा मृत्युदण्ड दिइएका उनी पहिलो प्रदर्शनकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्