Logo
Logo

डिमी शेर्पाको नेतृत्वमा निफको नयाँ कार्यसमिति चयन


819
Shares

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । गत बिहीबार काठमाडौंमा सम्पन्न महाधिवेशनले आगामी तीन वर्षका लागि डिमी शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हाे ।

जसमा १ अध्यक्ष, वरिष्ठ उपाध्यक्ष १, हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व गर्नेगरी ३ उपाध्यक्ष र १ महासचिव निर्वाचित भएका छन् । त्यसैगरी, अनसन्धान तथा सूचना र सञ्चार, विदेश तथा परियोजना, जनसम्पर्क तथा संगठन विस्तार र भाषा तथा संस्कृति हेर्नेगरी ४ जना सचिव र एक जना कोषाध्यक्षसमेत महाधिवेशनले चयन गरेको छ ।

काठमाडौंको राष्ट्रिय नाचघरमा भएको महाधिवेशनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले उद्घाटन गरेका थिए । सो क्रममा उनले आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र सीपको संरक्षण, विकास र प्रवर्द्धनमा राज्यले भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

महाधिवेशनमा महासंघका ४८ वटा सदस्य संगठनबाट एक प्रतिनिधि र एक पर्यवेक्षक गरी ९६ जना सहभागी थिए ।

को-को छन् नयाँ कार्यसमितिमा ?

प्रतिक्रिया दिनुहोस्