Logo
Logo

फिल्म ‘अवतार’ हेर्दाहेर्दै एक महिलाको मृत्यु



काठमाडौं । हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ हेर्नेक्रममा एक जनाको मृत्यु भएको छ ।

फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ भएपछि आन्ध्र प्रदेशको काकीनाडा जिल्लास्थित पेड्डापुरम सहरकी एक महिला लक्ष्मी रेड्डी श्रीनको हृदयघातका कारण निधन भएको हो ।

उच्च रक्तचापबाट पीडित उनी फिल्म हेरिरहँदा अति उत्साह भएपछि हृदयघात भएको चिकित्सकले बताएका छन् । लक्ष्मी आफ्नो भाइका साथ फिल्म हेर्न गएकी थिइन् ।

फिल्म हेरिरहँदा उनी थिएटरको कुर्सीबाट लडेपछि तुरुन्तै अस्पताल पुर्‍याइएको थियो । जहाँ चिकित्सकले उनको निधन भइसकेको घोषणा गरेका थिए ।

सन् २००९ मा पनि ताइवानमा एक ४२ वर्षे व्यक्तिको ‘अवतार’ हेरिरहँदा हृदयघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्