बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन् ।
शनिबार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायी गर्ने आइडिया भए लगानीका लागि लगानी कताए तथा बैंकशरु उपलब्ध हुने बताएका हुन् ।

उनले भने, ‘यदि तपाइँहरुसँग आइडिया छ, तपाइँ आम जनताको लागि काम गर्नु हुन्छ र इमानदारिका साथ काम गर्नुहुन्छ भने तपाइँलाई लगानीको समस्या हुँदैछ । बैंक तथा वित्तिय संस्थाहरु तपाइँलाई लागनी गर्न तयार हुन्छन् ।’ उनले अहिले बैंकमा देखिएको तरलताका कारण अर्थतन्त्रमा देखिएको समस्या लामो समे नरहने उनको भनाइ छ ।
अहिले निजी क्षेत्रले उठाएको एजेण्डाहरु निजी क्षेत्रका लागि मात्र नभइ अर्थतन्त्र सुधारका लागि भएको बताउँदै उनले निजी क्षेत्रका एजेण्डा भन्दै वेवास्था गर्दै जाने हो भने यसको परिणाम सबै नेपालीले भोग्नुपर्ने बताए । उनले सरकारी सयन्त्रबीच एकापसमा समन्व आवश्यक रहेको बताए ।












