Logo
Logo

‘लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल-२०२३’ को आवेदन खुला



काठमाडौं । सिजन मिडियाले ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल–२०२३’ का लागि आवेदन खुला गरेको छ । विगत ५ वर्षदेखि विवाहित महिलाहरुलाई लक्षित गर्दै ‘लेट मि इन मिसेस व्यूटी क्वीन’को आयोजना गर्दै आएको सिजन मिडियाले २०२३ का लागि आवेदन खुला गरेको हो ।

छैटौं संस्करणका लागि उपत्यकाबाट र उपत्यका बाहिरबाट जम्मा २० जना प्रतियोगी समावेश गराइने छ । प्रतियोगिताकाे पहिलो चरणको छनौट कार्यक्रम आगामी पौष दोस्रो साता हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले उपाधिसहित फ्रिज, टेलिभिजन, हिटर साथै घरायसी उपहारका सामाग्रीहरु पाउनेछन् । साथै थाइल्याण्ड भ्रमणको लागि विजेतालाई हवाई टिकटहरु प्रदान गरिने छ भने लेटमिइनको तर्फवाट ५० हजार वरावरको गिफ्ट भौचर प्रदान गरिने छ ।

यस बाहेक अन्य विभिन्न १५ विधामा पनि उपविजेता छनौट गरिने छ । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्