Logo
Logo

एसएसपीले मानेनन् सिडिओको आदेश



काठमाडौं । गत १५ मंसिरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एउटा सूचना जारी गर्याे, जसमा रात्रिकालिन व्यवसायको समय तालिका तोकिएको थियो । जिल्ला सुरक्षा समितिको बैठकका आधारमा रेष्टुरेन्टदेखि डिस्कोसम्मलाई समय तोकिएको थियो ।

तर, जिल्ला प्रशासनको सो निर्णय अझै लागु हुन सकेको छैन । काठमाडौैं प्रहरीले निर्णय कार्यान्वायनमा सिडिओलाई अटेर गरेको छ ।

सिडिओ कार्यालयले रक्सी पसल बेलुका १० बजेसम्म, रेष्टुरेन्ट १२ बजेसम्म, लाउन्ज र दोहोरी २ बजेसम्म र डिस्को तथा क्लबहरूलाई ४ बजेसम्मको समय तोकिएको थियो । ठूला रेष्टुरेन्ट तथा क्लबहरुलाई अहिले पनि यही नियम छ ।

काठमाडौंभरी यो नियम लागू हुने जिल्ला प्रशासनको सूचनामा छ । तर, दरबारमार्ग र ठमेल क्षेत्रमा मात्र लागू गरिएको छ ।
सबैलाई समान नियम लागू गर्दा प्रहरीको कमाई घट्ने भएपछि प्रहरीले त्यो नियम कार्यान्वायनमा ढिलाई गरेको स्रोत बताउँछ । धेरै रात्रीकालिन व्यवसायीलाई प्रहरीले महिनावारी बुझाउँदै आएका छन् ।

प्रहरीलाई पैसा नबुझाउँदा एक मिनेट ढिला हुँदा पनि दुःख दिने र कहिलेकाही झगडा हुँदा सञ्चालकलाई नै थुनिदिने गरेको व्यवसायीको दुःखेसो छ । प्रहरीले जति खेल्ने अवसर पायो, त्यती कमाई हुने भएकाले सिडिओ र प्रहरीबीच द्वन्द्व देखिएको हो । निर्णय गर्नुअघि विस्तृत छलफल नभएको भन्दै प्रहरीले असन्तुष्टि जनाएको छ । जसकारण काठमाडौंका सिडिओ घनश्याम उपाध्याय र काठमाडौंका एसएसपी भरत बोहराविरुद्ध केही असझदारी देखिएको छ ।

हुन त सरकारले पर्यटकीय क्षेत्र २४ अ‍ैं घन्टा खुला गर्ने निर्णय गरेको पनि एक वर्ष हुन लागिसकेको छ । तर, कतै पनि यो लागू हुन सकेको छैन । शुक्रबारको दिन भने ठमेल बिहानैसम्म खुल्ने गरेको छ । ठूला व्यवसायीले सेटिङका आधारमा रातभरी व्यवसाय चलाउने गरेका छन् । तर, साना व्यवसायीलाई भने प्रहरीले दुःख दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्