Logo
Logo

काभ्रेको तेमाल गाउँपालिकामा साढे दुई करोड भ्रष्टाचार, पूर्वअध्यक्षसहित सातविरुद्ध मुद्दा दायर


390
Shares


काठमाडौं । काभ्रेको तेमाल गाउँपाकिालमा साढे दुई करोड भ्रष्टाचार भएको छ । भ्रष्टाचारमा संलग्न गाउँपालिकाका पूर्व अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।


गाउँपालिकाका पूर्व अध्यक्ष सलामसिंह लामा र तत्कालिन प्रशासकीय अधिकृत शर्मिला लामिछानेलाई २ करोड ५७ लाख २ हजार बिगो कायम गरी आइतबार बिशेष अदालतमा मुद्दा दायर भएको हो । उनीहरुले नदीजन्य पदार्थको उत्खननको ठेक्कामा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । कबोल रकमभन्दा घटीमा ठेक्का सम्झौता गरेको र गैरकानुनी रुपमा स्काभेटर प्रयोग गर्न दिएको आयोगको दाबी छ । पूर्व अध्यक्ष लामा नेपाली कांग्रेसका जिल्ला नेता हुन् ।


यसमा ए एण्ड डिबी कन्ट्रक्सनका सञ्चालक अनिल बल र प्रतिनिधि बिज कुमार दोङ, दुवाकोट कन्ट्रक्सनका सञ्चालक रामचन्द्र प्रधानाङग, सालीनदी कन्ट्रक्सनका सञ्चालक वेद नारायण दंगाल तथा त्यसका प्रतिनिधि सत्यमान लामाविरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्