Logo
Logo

दलको नेता चुन्न एकीकृत समाजवादीले बैठक बोलायो


4.5k
Shares

फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेसँगै नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेता चयन प्रकृया अघि बढाएको छ ।

संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादीले सोमबार दिउँसो १ः३० बजे काठमाडौंमा पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई बोलाएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । त्यसैगरी भोली नै सचिवालय बैठक पनि बोलाएको छ ।

प्रतिनिधिसभामा १० सिट जितेको एकीकृत समाजावादीबाट अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेता निर्वाचित हुने भएका छन् । अध्यक्ष नेपाल बाहेक यस पार्टीमा दलको नेता अरुले दाबी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्