Logo
Logo

आज यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना


567
Shares

काठमाडौं । छिमेकी मुलुक भारतको विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ।

आज देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका थोरै स्थानहरूमा हुस्सुरकुहिरो रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ७ दशमलव डिग्री सेल्सियस रहेको छ भने नेपालको सबैभन्दा चिसो हुने स्थान जुम्लामा माइनस ३ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्