Logo
Logo

अर्जेन्टिनाका प्रशिक्षक भन्छन्- मेस्सीले खेल्न चाहे अर्को विश्वकपमा पनि अवसर दिन्छु


13.3k
Shares

एजेन्सी । अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीलाई अर्को विश्वकपमा पनि अवसर दिने बताएका छन् । मेस्सीले खेल्न चाहेमा अर्को विश्वकपमा पनि उनको लागि ढोका खुल्ला रहेको स्कालोनीले बताएका हुन् ।

लुसेल स्टेडियममा सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा साविक विजेता फ्रान्सलाई ४-२ ले हराउँदै ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप उपाधि हात पारे ।

आफ्नो अन्तिम विश्व भएको बताउँदै आएका मेस्सीले उपाधि जितेपछि सन्यास लिने योजना नरहेको घोषणा गरे । यो निर्णयलाई उनका प्रशिक्षकले स्वागत गरेका छन् । स्कालोनीले पत्रकार सम्मेलनमा भने, ‘मेस्सीले खेल्न मन लाग्छ भने हामीले १० नम्बरको जर्सी अर्को विश्वकपका लागि तयार गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

‘उनले आफ्नो करियरमा आफूले चाहेको कुरा गर्ने अधिकार कमाए। उनले आफ्नो टोलीका साथीहरूलाई जे पठाउँछन् त्यो अविश्वसनीय छ। मैले ड्रेसिङ रुममा त्यस्तो प्रभावशाली व्यक्ति कहिल्यै देखेको छैन ।’, स्कालोनीले भने ।

स्कालोनीले गत वर्षको कोपा अमेरिकामा ब्राजिललाई फाइनलमा हराएपछि आफू अपराजय महसुस गर्न थालेको बताए । उनले भने– ‘ब्राजिललाई हराएपछि मैले मेस्सीसँग कुराकानी गरें। हाम्रो अगाडि एउटा ठूलो काम थियो ।’

प्रतिक्रिया दिनुहोस्