
१, नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने, कांग्रेस संसदीय दल निर्वाचन समितिद्वारा संसदीय दलको नेताको निर्वाचनकोकार्यतालिका सार्वजनिक, तालिका अनुसार मतदाता नामावली प्रकाशन पुस ४ गते दिउँसो २ बजे, उम्मेदवारका लागि दर्खास्त पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ५ गते अपराह्न ५ः४५ बजेसम्म हुने ।

२, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल निर्विरोध, दलको नेता छनोटका लागि पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूद्वारा अध्यक्ष नेपाललाई सर्वसम्मतिबाट जिम्मेवारी प्रदान, उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे बन्दा प्रमुख सचेतक उपमहासचिव प्रकाश ज्वाला बने ।

३, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ, वामपन्थी दलहरुबीच एकै ठाउँमा आउने वातावरण बनाउनका लागि एमालेले प्रधानमन्त्रीमा प्रचण्डलाई स्वीकार गर्ने अभिव्यक्ति, अहिलेको राजनीतिकलाई पुरानै बाटोमा फर्काउन एमालेले त्याग गर्ने तर्क ।

४, संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै नेपाली कांग्रेसमा नेताहरूको दौडधुप, सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवार खडा गर्न संस्थापनइतर समूह छुट्टाछुट्टै छलफलमा, संस्थापनइतरबाट शेखर कोइराला र गगन थापाबीच सहमति जुटाउने प्रयास, यो समूहबाट एउटै उम्मेदवार हुनुपर्नेमा जोड ।

५, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता, बिहान चितवन पुगेका प्रचण्ड दिउँसो फर्केपछि विमानस्थलबाट सिँधै कोटेश्वरस्थित नेता नेपालको निवासमा, नयाँ सरकार गठन लगायतका विषयमा छलफल ।

६, बिरामीको सेवामा सधैँ तत्पर रहने चिकित्सकलाई चुनावी रन्को लाग्यो, नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, आज विभिन्न पदमा ४१ जनाको उम्मेदवारी दर्ता, अध्यक्षमा डा सन्तोष पौडेल, डा शिवजीविक्रम सिलवाल र डा अनिलविक्रम कार्की तथा महासचिवमा डा सञ्जीव तिवारी, डा रक्षा श्रेष्ठ र डा अमृत भुसालको उम्मेदवारी ।

७, जाडोयामसँगै इन्फ्लुएन्जा सङ्क्रमण जोखिम बढ्यो, भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुने, दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढी खतरा, दिर्घरोगी बिरामीलाई फोक्सोमा असर गरेर निमोनिया जस्ता समस्या आउन विज्ञको भनाइ, फागुनसम्म इन्फ्लुएन्जा भाइरसको सङ्क्रमण हुने भएकोले सतर्कता अपनाउन आग्रह ।

८, चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिना अवधिमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून, आन्तरिक राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा भन्दा १३ दशमलव ६३ प्रतिशत विन्दुले कम, एक खर्ब ७४ अर्ब ३७ करोड ५४ लाख ७८ हजार बराबर आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा एक खर्ब ५० अर्ब ६० करोड १८ लाख ८० हजार मात्रै उठ्यो ।

९, कतारमा सम्पन्न विश्वकप पुटबलमा अहिलेसम्मकै सर्वाधिक गोल रेकर्ड, कतारमा सम्पन्न विश्वकपमा १७२ गोलको कीर्तिमान्, ‘पेनाल्टी सुट आउट’मा साविक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना जित्यो उपाधि, फ्रान्सका केलियन एम्बाप्पेलाई गोल्डेन, अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी ।

१०, ट्वीटर प्रयोगकर्ताहरूले विवादास्पद मालिक एलोन मस्कलाई सीइओको पदबाट हटाउनको लागि मतदान, एक करोट ७० लाख भन्दा बढी ट्वीटर प्रयोगकर्ताहरू मध्येबाट ७५.५ प्रतिशतले उनको विपक्षमा मतदान, कम्पनीका आधा कर्मचारीलाई बर्खास्त, पत्रकारहरूलाई प्रतिबन्ध लगाएको र पहिले निः शुल्क सेवाहरूको लागि शुल्क लिन खोजेपछि मस्कविरुद्ध आक्रोश ।















