Logo
Logo

कतारी राजाले किन लगाइदिए मेस्सीलाई कालो पोसाक ? यस्तो छ विशेषता



काठमाडौं । हालै सम्पन्न विश्वकप फुटबल–२०२२ को उपाधि अर्जेन्टिनाले जित्यो । त्यसक्रममा प्रतियोगिताको उपाधि उचाल्न स्टेजमा पुगेका विश्व च्याम्पियन अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई कतारी राजा शेख तमिन विन अल थानीले कालो र सुनौलो रङको जालीदार पोसाक लगाइदिए ।

उक्त कालो र सुनौलो रङको पोसाक मेस्सीलाई किन लगाइयो ? चौतर्फी चिज्ञासा उठिरहेको छ । कतारको लुसेल रंगशालामा आयोजित ट्रफी वितरण समारोहमा मेस्सीले लगाएको पोसाक विशेष थियो । त्यहाँ विशेष अवसर र विशिष्ट व्यक्तिलाई सम्मान गर्नका लागि यस्तो किसिमको पोसाक उपहार वा लगाइदिने चलन छ ।

समकालीन फुटबलकै महान् खेलाडी बनेका मेस्सीको यसै सफलतामा कतारी राजा थानीले अर्जेन्टिनी कप्तानलाई पोसाक लगाइदिएका हुन् । ‘यस्तो किसिमको पोसाक एक विशेष समारोहका लागि बनाइन्छ, हामीले मेसीको सफलताको सम्मानस्वरूप भेट गराएका हौँ,’ विश्वकप फुटबलको आयोजक समितिका महासचिव हसन अलले भनेका छन्, ‘यसै समारोहबाट हामीले मुस्लिम राष्ट्रको संस्कृति पनि विश्वसामु चिनायौँ ।’

प्रतिक्रिया दिनुहोस्