Logo
Logo

थाइल्यान्डमा पानीजहाज डुब्दा ३१ जना वेपत्ता



एजेन्सी । थाइल्यान्डको दक्षिणपूर्वी तटमा पानीजहाज डुब्दा कम्तीमा ३१ जना बेपत्ता भएका छन् ।

सोमबार १ सय ६ जना सवार ‘एचटीएमएस सुखोथाई’ पानीजहाज प्राचुआप खिरी खानको बाङ सफान किनारनजिकै डुब्दा ३१ जना नौसैनिक बेपत्ता भएका हुन् ।

थाइल्यान्डको खाडीमा गस्ती गरिरहेका बेला जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि दुर्घटना भएको थाई नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्ट्राडपालिनले जानकारी दिएका छन् ।

नौसेनाले सार्वजनिक गरेका तस्बिरमा कडा छाल पार गर्ने क्रममा जहाज एक छेउबाट डुब्ने क्रममा ढल्किरहेको देखिन्छ । दुर्घटनालगत्तै उद्धार अभियान सुरु गरिएको थियो । बेपत्ता सैनिकको खोजी भइरहेको मोन्ट्राडपालिनले भनाइ छ ।

७५ जनालाई दुईवटा हेलिकोप्टर, दुईवटा फ्रिगेट र एउटा पानी जहाजको सहयोगमा उद्धार गरिएको प्रवक्ता सुखोथाईले बताए ।

प्रतिक्रिया दिनुहोस्