Logo
Logo

एम्बाप्पेले भने- चार वर्षपछि फ्रान्स थप शक्तिशाली बन्छ



एजेन्सी । विश्वकपका गोल्डेन बुट विजेता केलियन एम्बाप्पेले चार वर्षपछि फ्रान्स थप शक्तिशाली भएर निस्किने बताएका छन् ।

विश्वकपको ९२ वर्षको इतिहासको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका एम्बाप्पेले सोमबार पेरिस पुगेपछि स्थानीय पत्रकारसँग कुराकानी गर्दै सन् २०२६ को विश्वकप फुटबलमा फ्रान्सले उपाधि जित्ने विश्वास व्यक्त गरेका हुन् ।

‘हामी सबै यति विश्वस्त छौँ, चार वर्षपछि फ्रान्स फेरि लयमा प्रतिस्पर्धा गर्नेछ, उपाधि जित्ने लक्ष्य पूरा गर्छौं,’ उनले भने । विश्वकपमा आठ गोल गर्दै गोल्डेन बुट जितेको क्षणमा एम्बाप्पे त्यति खुसी देखिएनन् ।

लगातार दोस्रोपटक विश्वकप उपाधि जित्ने अभियानको नजिक पुगेको फ्रान्स अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्