Logo
Logo

निर्वाचन आयोग निष्पक्ष नभएको ओलीको आरोप


252
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने नसकेको भन्दै आलोचना गरेका छन् ।

नेकपा एमालेद्वारा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोहोर्‍याएर निर्वाचन आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको ओलीको आरोप छ ।

उनले मरेका मान्छेहरुले समेत मत हाल्दा पनि निर्वाचन आयोगले पुनः निर्वाचन गराउन नदिएर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको जिकिर गरे । उनले आगामी दिनमा निर्वाचन आयोगका त्यस्ता गतिविधिहरुलाई रोक्नैपर्ने बताए ।

उनले भने, ‘निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरुको समेत भूमिका निष्पक्ष, प्रभावकारी हुन सकेन। कानुनसम्मत र कर्तव्यनिष्ठ भूमिका पूरा गरे त्यस्ता निकायहरुले भन्ने अवस्था रहेन, धाँधली भएका ठाउँमा, बुथ क्याप्चर भएका ठाउँमा सबैलाई थाहा छ–बुथ क्याप्चर भएको छ। प्रमाणहरु छन्। तर दोहोर्‍याएर निर्वाचन गरिएन। जे भएको छ, त्यही गन्ने भनियो।’

प्रतिक्रिया दिनुहोस्