Logo
Logo

ट्वीटरको सीईओबाट राजीनामा दिने एलन मस्कको घोषणा



न्युर्योक । एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले ट्वीट गरेर सकेसम्म छिटो रानीनामा दिने बताएका हुन् ।

यसअघि मस्कले ट्वीटर प्रयोगकर्ताहरूलाई सीईओको पद छोड्ने वा नछोड्ने विषयमा  निर्णय गर्न आग्रह गर्दै एक सर्वेक्षण गरेका थिए । उनले नतिजा पालना गर्ने वाचासमेत गरेका थिए । त्यसमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको थियो । अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर सीईओ पदबाट राजीनामा दिने बताएका हुन् ।

साथै मस्कले ब्लु टिक प्रमाणिकरणका लागि शुल्क लिनेदेखि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै विवादास्पद व्यक्तित्व र संगठनहरूमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेका थिए । मस्कको उक्त निर्णयको व्यापक आलोचना भएको थियो । उनलाई विभिन्न अधिकारीहरुले राजिनामा दिन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्