काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । सांसदले शपथ लिएपछि दलको नेता चुन्न लागेको हो ।

माओवादी केन्द्रका सांसद रणेन्द्र बराईलीका अनुसार शपथलगत्तै बिहीबार दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ ।
माओवादी केन्द्रको दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित छ । किनकि प्रचण्डलाई दलको नेतामा चुनौती दिने अन्य देखिएका छैनन् । माओवादी केन्द्रका प्रत्यक्षतर्फ १८ र समानुपातिकबाट १४ गरी ३२ सांसद छन् ।














