Logo
Logo

‘प्रधानमन्त्रीका लागि बन्द कोठामा हुने आलोपालोको सहमति कांग्रेसले जिम्मा लिँदैन’


2.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बन्द कोठामा हुने आलोपालो प्रधानमन्त्रीको भागवन्डा कांग्रेस पार्टीले जिम्मेवारी नलिने चेतावनी दिएका छन् ।

संसदीय दलको नेता पराजित भएपछि पत्रकारसँग कुरा गर्दै महानमन्त्री थापाले विगतमा कोठाभित्र भएका गोप्य सहमतिहरु धोकामा परिणत भएको भन्दै यसपटक पनि बन्द कोठाभित्र सहमति भए पछि त्यसको जिम्मा पार्टी नलिने चेतावनी दिएका हुन् ।

महामन्त्री थापाले भने, ‘ नेपाली कांग्रेसले गर्ने कुनै पनि निर्णयहरु चाहे आलोपालो सरकारको कुरा होस्, चाहे राष्ट्रपतिको सन्दर्भमा होस् । कनै पनि निर्णयहरु पारदर्शी र संस्थागत भएको छ भने त्यो पार्टीले बोक्छ, तर योभन्दा अगाडिका निर्णयहरु जस्तै बन्द कोठामा व्यक्तिगत रुपमा निर्णयहरु भएमा कांग्रेसले बोक्दैन ।’

संसदको सबैभन्दा भन्दा ठूलो दल भएकाले कांग्रेसले स्वभाविक रुपमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रक्रिया थाल्ने समेत महामन्त्री थापाले बताएका छन् । उनले भने, ‘नेपाली कांग्रेस संसद र गठबन्धनको पनि पहिलो पार्टी भएकाले अब हाम्रो नेतृत्वमा सरकार गठन गर्न औपचारिक रुपमा छलफल सुरु गछौं ।’ उनले संसदीय दलमा आफूले पाएको मतलाई अत्यन्त अनपेक्षित भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्