Logo
Logo

सुरक्षा कोषमा आवद्ध गर्ने पहलले सार्थकता पाएको छ : अध्यक्ष थापा



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)की अध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गरि एक दशकभन्दा बढी संघले गर्दै आएको पहलले सार्थकता पाएको बताएकी छन् ।

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा योजना कार्यविधि सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले संघले लगातार नेपाल सरकार र सम्बन्धित निकायसँग गरेको पहलले मुर्तरुप लिएको बताएकी हुन् ।

आप्रवासनलाई सुरक्षित र मर्यादित बनाउने पछिल्लो यो कदम प्रभावकारी हुने उनको भनाइ छ । संघले सरकारसँग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो । सरकारले कार्यविधि ल्याएसँगै बैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिकलाई पनि अब सामाजिक सुरक्षा कोषमा औपचारिक रुपमा जोडिन बाटो खुलेको छ । थापाले सरकारले गरेको यो निर्णयले विदेशमा रहेका श्रमिकलाई राहत मिलेको बताएकी छन् ।

अध्यक्ष थापाले भनिन्, ‘संघकै तर्फबाट पटकपटक सामाजिक सुरक्षा कोष हुनुपर्छ भन्ने विषयको उठान गर्दै आएको थियो । त्यसको सम्बोधन नेपाल सरकारले गरेको महसुस हामीले गरेका छौं ।’

हाल वैदेशिक रोजगारीका क्षेत्रमा विस्तार गरी योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउँदै अर्थतन्त्रको एक संवाहकको रूपमा स्थापित गर्ने पर्ने आफ्नो धारणा राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्