Logo
Logo

संगितकार तथा डिएसपी गैरेलाई अमेरिकाको प्रसिद्ध छात्रवृत्ति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ भदौ ।
चर्चित संगीतकार तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक(डिएसपी) संगित गैरेले अमेरिकाको चर्चित विश्वविद्यालयमा छात्रवृत्ति पाएका छन् । क्यालिफोर्नियास्थित नेभल पोष्ट ग्राजुयट स्कुलमा ‘ कम्ब्याटिङ टेरोरिजम, पोलिसी एण्ड इस्टा«टेजिक’ विषया मास्टर डिग्रीका लागि उनी सशस्त्र प्रहरी बलबाट छनोट भएका छन् ।


१५ महिना लामो अध्ययनका लागि शनिबार उनी अमेरिका प्रस्थान गर्दैछन् । नेभल पोष्टग्राजुयट स्कुल विश्वकै सुरक्षास ठूलो विश्वबिद्यालय मानिन्छ । विश्वभरीबाट छनिएका सुुरक्षाकर्मीहरुले त्यहाँ अध्ययनको अवसर पाउँछन् ।

दर्जनौं चर्चित गीतका सर्जक गैरे सशस्त्र प्रहरीका क्षमतावान र व्यवसायिक प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्