Logo
Logo

लोसपा दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत चयन


441
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलको नेतामा अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् ।
लोसपाबाट निर्वाचित चार जना सांसद र केन्द्रीय नेतासहितको बुधबार काठमाडौंमा बसेको बैठकले अध्यक्ष ठाकुरलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा लोसपाले प्रतिनिधिसभातर्फ प्रत्यक्षबाट चार सिट जितेको छ । लोसपाले सत्ता गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गरेको थियो । यसअघि नै यो पार्टीले सत्ता गठबन्धनमा रहेर सरकारमा जाने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्