Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

शोभराजलाई उन्मुक्तिदेखि सांसदलाई शपथसम्म


126
Shares

१, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेता निर्वाचित, पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा अर्का उम्मेदवार गगनकुमार थापा पराजित, कुल खसेको ८९ मतमध्ये देउवालाई ६४ मत, गगनलाई २५ मत मात्रै, गगन पराजित भएसँगै कांग्रेसभित्र रुपान्तरण र पुस्तान्तरण अधुरै ।


२, कुख्यात विकिनी किलर चार्ल्स शोभराजलाई सर्वोच्च अदातलले दियो उन्मुक्ति, न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासद्वारा शोभराजलाई कैद मुक्त गर्न र १५ दिनभित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश, शोभराजको उमेर ७५ वर्ष भइसकेको तथा मुटुसम्बन्धी रोगबाट पीडित भएको र तोकिएको कैदमध्ये ७५ प्रतिशत कैद सजाय भोगिसकेकाले कानुनले दिएको सुविधा पाउने ।


३, राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ, शितल निवासमा आज आयोजित विशेष समारोहमा जबराले राष्ट्रपतिसमक्ष लिए शपथ, जबराले भोलि प्रतिनिधिसभाको अध्यक्षता गर्ने र नवनिर्वाचित अन्य सदस्यलाई शपथ गराउने ।


४, प्रतिनिधिसभाका सांसदहरूको शपथअघि संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक आह्वन, बैठक बिहीबार माध्यन्न १२ बजे बस्ने गरी बोलाइयो, संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सर्वदलीय बैठकमा डाकियो ।


५, प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी पूरा, नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराइने, शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन संसद् सचिवालयको अनुरोध, शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगो प्रदान गरिने ।


६, जसपाले नवनिर्वाचित संघीय सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने, संसदीय दलको छनोटको विषयबारे पार्टीमा आन्तरिक गृहकार्य हुँदै, अध्यक्ष उपेन्द्र यादव आमनिर्वाचनमा पराजय भएपछि जसपामा दलको नेता को बन्ने भन्ने अन्यौल, संसदीय दलको नेता बन्न होडबाजी, संसदीय दलको नेतामा अशोक राई, राजकिशोर यादव, रामसहाय यादव र नवलकिशोर साहको दाबी ।


७, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच जम्काभेट, निर्वाचनबाट प्रतिनिधिसभामा विजयी सबैभन्दा ज्येष्ठ उमेरका सांसद पशुपति शमशेर जबराले शपथ लिँदा उनीहरुको जम्काभेट, यी नेताहरू एक आपसमा भलाकुसारी ।


८, फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई यातायात व्यवस्था विभागको निर्देशन, आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई दुई हजार जरिवाना गरिने, सरकारी गाडीहरुले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न लागेको विभागको भनाइ ।


९, साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ५.८९ अंकले घट्यो, मंगलबार १४.२२ अंकले बढेको नेप्से परिसूचक आज ०.३१ प्रतिशतले घटेर एक हजार ८६७.२२ को विन्दुमा झर्यो, बुधबार २५२ कम्पनीका २४ लाख ४० हजार ३०७ कित्ता सेयर ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँ बराबरमा कारोबार ।


१०, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी समकक्षी जो बाइडनसँग भेटवार्ता गर्ने, जेलेन्स्कीले वासिङ्टनमा अमेरिकी संसदलाई सम्बोधन गरी युक्रेन युद्ध र आगामी योजनाबारे सांसदहरूलाई जानकारी गराउने, जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणका क्रममा वासिङ्टनले कीभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षबीच युक्रेनलाई नयाँ हतियार पठाउँदा द्वन्द्व चर्किने क्रेमलिनको चेतावनी ।

प्रतिक्रिया दिनुहोस्