Logo
Logo

यू-२३ सेन्ट्रल जोन भलिबल : उद्धाटन खेलमा आज बांग्लादेशसँग भिड्दै नेपाल



काठमाडौं । आज हुने यू–२३ सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले बांगलादेशसँग उद्घाटन खेल खेल्दै छ ।

सेन्ट्रल जोन भलिबल संघ (काभा)ले इतिहासमै पहिलो पटक गर्न लागेको यो प्रतियोगिताको पहिलो संस्करणमै स्वर्णको लक्ष्यमा रहेको नेपालले बलियो घरेलु टोलि बांगलादेशसँग खेल्न लागेको हो ।

यी दुईबीचको खेल नेपालीसमय अनुसार बेलुका चार बजे सुरु हुनेछ । प्रतियोगितामा नेपालले दोस्रो खेलमा श्रीलंका र तेस्रो खेलमा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा चार टोलिको सहभागीता रहेको छ ।

जसमा धिरज कुमार बस्नेत (कप्तान), रवी केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे (लिबेरो) र भिमराज गुरुङ (लिवेरो) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्