काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैबाट बादल र कुहिरो लागेको छ । जसका कारण पारिलो घाम लागेको छैन । बिहान ९ बज्दासमेत काठमाडौं अँध्यारो देखिएको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार दिउँसो भने केही खुल्न सक्छ । कुहिरो र बादल लागे पनि वर्षाको सम्भावना नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंमा बिहान सोढे ८ बजेको तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । मौसमविद नगरकोटीका अनुसार भिजिविलिटी दुई किलोमिटर रहेको छ । यो भिजिविलिटीले केही एयरलाइन्सको उडान तथा अवतरणमा रोकिन सक्ने उनले बताइन् ।














