Logo
Logo

नेपाल टी-२० लिग तेस्रो पटक स्थगित



काठमाडौं । नेपाल टी–२० लिग फेरि स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको प्रतियोगिता तेस्रो पटक स्थगित भएको हो ।

क्यानले प्रतियोगिताका लागि विदेशी खेलाडीको श्रम स्वीकृती नभएको कारण देखाउँदै प्रतियोगिता स्थगित गरेको हो । सुरुवातदेखि नै विवादित बनेको लिग तीन महिनामा तेस्रो पटक सरेको हो । यसअघि सुरुमा असोज ८ देखि लिग गर्ने भनिएको थियो ।

तर लिग सुरक्षाको कारण देखाउँदै स्थगित गर्न परेको क्यानले जनाएको थियो । त्यसपछि क्यानले मंसिर २६ देखिको नयाँ मिति सार्वजनिक गरेको थियो । तर यो सयम पनि सार्दै क्यानले भोलिदेखि लिग गर्ने जनाएको थियो ।

तर लिग हुन एक दिनअघि शुक्रबारदेखि लिग गर्ने सम्भावना नभएको अध्यक्ष चतुरबहादुर चन्दको भनाइ छ ।

लिग सुरु देखि नै विवादमा परेको थियो । भारतीय कम्पनीलाई बिना टेन्डर लिगको आयोजना अधिकार दिएको भन्दै विरोध भएको थियो । जसका कारण क्यानले एक पटक सेभेन थ्रीसँगको सम्झौता रद्द गर्ने समेत निर्णय गरेको थियो ।

तर फेरि क्यानले एकाएक सेभेन थ्रीलाई लिग आयोजनाको अधिकार दिने निर्णय गरेको थियो । ८ वर्षका लागि क्यानले ३३ करोड रुपैयाँमा लिग सेभेन थ्रीलाई बेचेको थियो।

प्रतिक्रिया दिनुहोस्