Logo
Logo

चार्ल्स शोभराजलाई विमानस्थल लगियो


12.1k
Shares

काठमाडौं । विश्व कुख्यात बिकिनी किलर चार्ल्स शोभराजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगिएको छ । उनलाई अध्यागमन विभागबाट कडा सुरक्षाका साथ विमानस्थल लगिएको हो ।

उनी आज राति कतार एयसवेजको विमानबाट उनी स्वदेश फर्किन लागेका उनका वकिल गोपाल शिवाकोटी चिन्तनले जानकारी दिए ।

केन्द्रीय कारागार सुन्धारबाट छुटे लगत्तै अध्यागमन विभाग पुगेका उनले आफू आजै स्वदेश फर्किन चाहेको बताएका थिए । उनले कागजी प्रक्रिया पूरा गरिदिन माग गर्दै आजै फ्रान्स फर्किन चाहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्