Logo
Logo

बिदा भए सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की


3.6k
Shares

काठमाडौं । नयाँ सरकार गठनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएसँगै देउवा नेतृत्व सरकारका मन्त्रीहरू बिदा हुने क्रम सुरु भएको छ ।

सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आफ्नो कार्यकाल सफल भएको दाबी गर्दै मन्त्रालय छोडेका छन् ।

मन्त्रालयले मन्त्री कार्कीको बिदाई कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै कार्कीले देउवा नेतृत्वको सरकारले तीनै तहको निर्वाचन सम्पन्न गरेर लोकतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान गरेको बताए ।

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले नेपालमै सूचना प्रविधिमा आधारित रोजगार सिर्जना गर्न आगामी दिनमा काम गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्