काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री पदको सपथ लिँदैछन् ।

राउतले आज नै प्रधानमन्त्री प्रचण्डको सपथलगतै मन्त्रीको सपथ जनमत पार्टीका उपाध्यक्ष तथा सासंद अब्दुल खाणले जनाएका छन् । राउतले कृषि वा उद्योग मन्त्रालयमध्ये १ मन्त्रालय पाउनुपर्ने दाबी गर्ने बताएका थिए ।
राउत जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।














