
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले मन्त्रालय तोक्ने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको बताएका छन् ।
नयाँबानेश्वरमा सम्पन्न सत्ता गठबन्धनको बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै अध्यक्ष लामिछानेले आज सानो आकारको मन्त्रिपरिषद् गठन हुने र मन्त्रालय तोक्ने जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको जानकारी दिए ।
सभापति लामिछानेले भने– ‘आज सानो आकारको मन्त्रिपरिषद् गठन हुन्छ । कुन मन्त्रालय कसलाई दिने भन्ने प्रधानमन्त्रीज्यूलाई निर्णय गर्ने जिम्मेवारी दिएका छौैं । मन्त्रालयहरू उहाँले नै तोक्नु हुन्छ ।’
सभापति लामिछानेले आफ्नो नेतृत्वमा पार्टी सरकारमा सहभागी हुने र त्यस्तो अवस्थामा आफ्नो दाबी गृहमन्त्रालय रहेको बताएका छन् ।














