Logo
Logo

डीएसपी ठगबहादुरलाई निलम्बन गर्न सिफारिस



काठमाडौं । प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको छ ।

उनलाई निलम्बन गर्न गृहमन्त्रालयसमक्ष सिफारिस गरिएको प्रहरी प्रवक्ता डीआइजी टेकप्रसाद राईले जानकारी दिए ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ३५ तोला सुन र २५ लाख रूपैयाँ नगदसहित केसीलाई आइतबार साँझ निवासबाटै पक्राउ गरेको थियो ।

बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको र सुन फिर्ता गर्न उनले व्यापारीसँग नगद रकम लिएको भन्ने सुराकीकाआधारमा सीआईबीले छानबिन गरेको थियो । सो क्रममा निवासमै भएका बेला काठमाडौंबाट आएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्