
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एफसी बर्नमाउथलाई २-० ले पराजित गरेको छ । घरेलु मैदान स्टाफोर्ड ब्रिजलमा मङ्गलवार राति भएको खेलमा चेल्सीले सहज जितसँगै तीन अंक जोडेको हो ।
चेल्सीको जितमा काइ हाभार्टज र मासोन माउन्टले समान एक एक गोल गरेका थिए । दुवै गोल पहिलो हाफमा सम्भव भएको हो । खेलको १६औँ मिनेटमा रहिम स्टर्लिङको पासमा हाभार्टजले पहिलो गोल गरे । २४ औँ मिनेटमा माउन्टले दोस्रो गोल गरेका थिए ।
हाभार्टजले दोस्रो गोल ४४औँ मिनेटमा गरे पनि भिएआरले त्यसलाई मान्यता दिएन । जितपछि चेल्सी १५ खेलबाट २४ अंक सहित आठौं स्थानमा उक्लिएको छ । बर्नमाउथ १६ खेलबाट समान अंक सहित १४औँ स्थानमा छ ।














