Logo
Logo

एकीकृत समाजवादी र जसपालाई सरकार ल्याउन प्रधानमन्त्रीले थाले छलफल


2.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी (जसपा)का उपेन्द्र यादवलाई भटेका छन् ।

एकीकृत समाजवादी र जसपालाई आफ्नो नेतृत्वको सरकारमा सामेल गर्ने हेतुले प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई भेटेका हुन् । भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको माओवादी केन्द्रका एक नेताले बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारमा सामेल हुन नेपाल र यादवलाई प्रस्ताव राखेका थिए ।

अध्यक्ष नेपालले प्रचण्डले आफूलाई धोका दिएको अभिव्यक्ति सार्वजनिक रुपमै दिंदै आइरहेका छन् । यसैबेला प्रधनमन्त्री प्रचण्डले असन्तुष्ट पक्षलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रचण्डले पाँच दलीय गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल असन्तुष्ट छन् ।
बुधबार भएको छलफलमा अध्यक्ष नेपाल र यादव सरकारमा आउन सकरात्मक देखिएको ती नेताले बताए ।

उनका अनुसार संसद अधिवेशन सुरु भएपछि प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका छन् । तर, त्यसअघि नै एकीकृत समाजवादी र जसपालाई सरकारमा सामेल गराउने प्रधानमन्त्रीको सोच रहेको छ । यसअघि प्रधानमन्त्री नियुक्त भएकै दिन पुस १० गते आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्