Logo
Logo

नक्कली भिसामा रसिया पठाउने जेल चलान




काठमाडौं । यूरोपमा रोजगारीमा पठाउने भन्दै मानव बेचबिखन गर्ने दुई जना पक्राउ परी जेल चलान भएका छन् । दाङका दिनेश कुमार चौधरी र सिन्धुपाल्चोकका रुपेश ढकाललाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेकोमा अदालतले थुनामा पठाएको हो ।


उनीहरुले केही युवकहरुलाई चेक रिपब्लिक लैजाने भनी भारतमा लगेर अलपत्र पारेका थिए । ११ लाख उनीहरुले लिइसकेकोमा पीडितले पैसा माग्दा पोर्चुगल पठाउने भन्दै कतार हुँदै रसिया पठाएका थिए । मासिक दुई लाख रुपैयाँ तलब हुने आश्वासनमा त्यसरी प्रलोभनमा पारी ठगिएको थियो । तर, रसियन विमानस्थलले उनीहरुको भिसा नक्कली भन्दै नेपाल फकाईदिएको थियो । सोही आधारमा उनीहरुले प्रहरीमा उजुरी दिएर पक्राउ गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्