Logo
Logo

मन्दिर बनाउदा पनि भ्रष्टाचार




काठमाडौं । मन्दिर बनाउदा भ्रष्टाचार गर्ने ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सर्लाहीको कविलासी नगरपालिका ८ स्थित रामजानकी मन्दिर निर्माणमा भ्रष्टाचार भएको आयोगले जनाएको छ ।


नक्कली बिल बनाई भ्रष्टाचार भएको आयोगले जनाएको छ । नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, इन्जिनियर रामविनयप्रसाद यादब, सब इन्जिनियर उमेश कुमार दास, उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानकु, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष र रिना कुमारीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । उनीहरुले ९७ हजार ८ सय ४० रुपैयाँ भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्