Logo
Logo

मधेश प्रदेश : कृष्णप्रसाद यादव कांग्रेस संसदीय दलको नेता बने


1.1k
Shares

जनकपुरधाम । मधेश प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णप्रसाद यादव निर्वाचित भएका छन् ।

उनले २२ मध्ये १८ मत पाएर विजयी भएका हुन् । अर्का उम्मेदवार रामसरोज यादवले मात्र ४ मत पाएका छन् । कृष्ण मधेश प्रदेश पार्टी सभापति हुन् भने रामसरोज निवर्तमान संसदीय दलका नेता हुन् ।

सहमतिबाट नभएपछि दलको नेता छान्न आज जनकपुरधामस्थित पार्टी कार्यालयमा निर्वाचन भएको थियो । कृष्ण र रामसरोज संस्थापन पक्षका हुन् ।

प्रतिक्रिया दिनुहोस्