Logo
Logo

साताको मौसम : आंशिकदेखि सामान्य बदली


441
Shares

काठमाडौं । आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा साताभरि नै बदली हुने छ ।

हिमाली भू-भागमा साताको सुरूमा सामान्यदेखि पूर्ण बदली तथा पहाडी भू-भागमा साताको सुरू र मध्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।

त्यस्तै हिमाली भू-भागमा साताको सुरू र मध्यमा केही स्थानमा हल्का वर्षा/हिमपातको समेत सम्भावना रहेको छ । प्रदेश नं १ को पहाडी भू-भागमा साताको सुरुआतमा छिटपुट वर्षाको सम्भावना छ ।

देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने तथा तराई भू-भागमा साताका अधिकांश दिनमा बिहान र राति हुस्सु-कुहिरो लाग्ने सम्भावना छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू-भागमा हुस्सु-कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव दुई डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव एक डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस छ ।

प्रतिक्रिया दिनुहोस्