काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमडिएमस प्रक्रिया तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्केका नेपालीले ल्याउने माबाइल, ल्यापटप र क्यामेरामा गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न र पुरानै प्रक्रियामा चल्न दिन अर्थमन्त्रीलाई निर्देशन दिएका हुन् ।
प्रचण्डले पुरानै चलिरहेको प्रक्रिया नै रहन दिन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।यसअघि सरकारले विदेशबाट एकथान मोबाइल ल्याउँदा सरकारले १८ प्रतिशत कर लिने र त्यसभन्दा बढी मोबाइल, ल्यापटप लगायतका सामग्री ल्याए जफत गरिने बताएको थियो ।
सरकारको उक्त निर्णयको ‘नो रेमिट्यान्स’ भन्दै सर्वत्र विरोध भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले त सामाजिक सञ्जालमा ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका छन् ।
उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन पनि रोक्न भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन् ।












