Logo
Logo

एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ



काठमाडौं । चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरको छ ।

चन्द्रागिरी नगरपालिका-७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्